नेरुडे लघुवित्तकाे लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेरुडे लघुवित्तकाे लाभांश



नेरुडे लघुवित्तले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २०.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीका अनुसार शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । कम्पनीले ५ करोड ९६ लाख ४७ हजार ५० रुपैयाँ बराबरको बोनस शेयर तथा कर सहित २ करोड ३० लाख २१ हजार ६६८ रुपैयाँ वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट बैंकले स्वीकृती पछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी ४५ करोड ७२ लाख ९४ हजार ५० रुपैयाँ पुग्नेछ । गत बर्ष १२ करोड ६८ लाख खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९० पैसा छ ।

प्रकाशित : १५ भाद्र २०७६, आईतवार १४:४४