वोमी लघुवित्तको हकप्रद भर्नु भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वोमी लघुवित्तको हकप्रद भर्नु भयो ?



वोमी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयरमा आवेदन दिने बुधबार (आज) अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म यसमा आवेदन दिइसक्नुपर्नेछ । वोमीले साउन ९ गतेदेखि १००% हकप्रद खुला गरेको हो । कम्पनीले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

हकप्रद सेयर निष्कासनका लागि वोमीले असार २७ गते बुक क्लोज गरेको थियो । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस लघुवित्तले ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दनी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ ।

प्रकाशित : ११ भाद्र २०७६, बुधबार १०:०९