ज्योति विकास बैंकको शाखा महाराजगंजमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको शाखा महाराजगंजमा



काठमाडौं । ज्योति विकास बैंकले नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याएको छ । उक्त बैंकको उद्घाटन पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरे ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिए ।

हाल बैंकको नयाँशाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

प्रकाशित : ११ भाद्र २०७६, बुधबार ०९:३५