१० लाख कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

१० लाख कित्ता शेयर सुचिकृत



नेपाल स्टक एक्चेन्ज नेप्सेमा आइतबार १० लाख कित्ता शेयर सुचिकृत भएको छ । आइतबार आँधीखोला लघुवित्तको १० लाख कित्ता आईपिओ सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै सोमबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार खुला हुने छ । सोमबार नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ । तोकिएको रेन्ज भित्रको जुन सुकै मूल्यमा पहिलो कारोबार हुन् सक्छ ।

कम्पनीले गत असार २२ गतेदेखि आईपिओ निष्काशन गरेको थियो ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ ।

प्रकाशित : ८ भाद्र २०७६, आईतवार १४:०८