कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र  एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 

यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्र्टनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् । 

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको उक्त बैंकले डिजिटल प्रविधीलाई प्रोत्साहन दिँदै आइरहेको छ ।

ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरु जततउकस्ररलउबथ।अयm।लउरलउबथ)mभचअजबलतकर मा गई हेर्न सक्ने छन् ।

प्रकाशित : ५ भाद्र २०७६, बिहीबार १५:१८