सानिमा लाइफको वार्षिक ‘धनफिर्ता बीमा योजना’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाइफको वार्षिक ‘धनफिर्ता बीमा योजना’ सार्वजनिक



सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा वार्षिक धनफिर्ता’ (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना ल्याएको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहसम्म जीवन बीमाका लागि योग्य व्यक्तिले यो योजनाअन्तर्गत १५ र २० वर्षे अवधिका लागि जीवन बीमा गर्न सक्नेछन् । यो योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष तोकिएको छ ।

योजनाका मुख्य विशेषताहरु
न्युनतम बीमांक– एक लाख रुपैयाँ
अधिकतम बीमांक–आयश्रोतको आधारमा निर्धारण हुने

बीमा सूविधा रकम पाउने अवस्था
१५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमांकको ६ प्रतिशतका का दरले भूक्तानी गरिने ।
२० वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमांकको ५ प्रतिशतका दरले प्रदान गरिने ।
यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नवीकरण बीमा शुल्क भुक्तानी गर्नसमेत सहयोग मिल्ने ।
दूवै अवधिको बीमा योजनाअन्तर्गत बीमा समाप्ती मितिमा अग्रिम भुक्तानी गरी बाँकी रहेको बीमांक र पूरा अवधिको आर्जित बोनस एक मुस्ट प्रदान गरिने ।
बीमा अवधिभित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यू भएमा आग्रिम भूक्तानी गरेको रकम कट्टा नगरी सतप्रतिशत बीमांक र समानुपातिक आर्जित बोनस एक मुस्ट बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९ को दफा ३८ अन्तर्गतको कानुनी हकवालालाई भूक्तानी गरिने ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार १६:०६