हिमाल दोलखा हाइड्रोपावरको आईपिओ बिहिबार बाँडफांड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिमाल दोलखा हाइड्रोपावरको आईपिओ बिहिबार बाँडफांड हुने



हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ बिहिबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहिबार बेलुका ४ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफांड हुने छ ।

कम्पनीले असार २५ देखि ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको थियो । यसमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणले आवेदन दिएका हुन ।

कम्पनीको आईपिओ ४१.३७ प्रतिशत मात्र बिकेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिनसम्ममा कम्पनीको आईपिओमा ७२ हजार ३ सय ४५ आवेदकबाट ३१ लाख ५ सय ६० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सर्वसाधारणबाट पर्याप्त आवेदन नपरेपछि कम्पनीले संस्थापकले आवेदन दिन पाउने गरि पुन आईपिओ बिक्रिमा ल्याएको थियो। कम्पनीले कम्पनीका संस्थापक सेयरधनी र सञ्चालक तथा उनीहरुको एकाघर परिवार तथा कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव र कम्पनीको ब्यवस्थापक तथा लेखा सम्बन्धी काम गर्ने ब्यक्तिले आवेदन दिन सक्ने गरि पुन विक्रिमा ल्याएको थियो ।

नबिकेको सेयर शेयर प्रत्याभूतकर्ताहरुले खरिद गर्ने प्रचलन रहेपनि हिमाल दोलखाले भने कम्पनीको प्रमोटर तथा व्यवस्थापकहरुका लागि पुन सेयर बिक्रि गरेको थियो । नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ४१ मा पनि नविकेको शेयर संस्थापक लगानीकर्ताको एकाघार परिवार र व्यवस्थापकहरुले किन्न पाउने ब्यवस्था रहेको छ। तर संस्थापकलाई तोकेको ३ दिनको अवधिमा १ जनाको पनि आवेदन नपरेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार १५:४६