किन बन्यो सेयर बजार अस्थिर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किन बन्यो सेयर बजार अस्थिर ?



नेप्से परिसुचक ८ अंकले ओरालो लागेको छ । पछिल्ला केही दिनयता ओरालो लागिरहेको नप्से परिसुचकमा मंगलबार पनि ८ दशमलव ४३ अंकको गिरावट आएको हो । तर यो हप्ताको दोस्रो दिन सोमबार भने परिसुचकमा ७ अंकको सुधार देखिएको थियो ।

यो संगै सेयर बजार फेरि अस्थिर बनेको छ । मंगलबार म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै सुचकहरु ओरालो लागेका छन । सबैभन्दा बढि जिवन बीमा समुहको सुचक ओरालो लागेको छ । नेप्सेका अनुसार जिवन बीमा समुहको सुचकमा ५६ दशमलव १६ अंकको गिरावट आएको छ । यस्तै बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहका परिसुचक भने मंगलबार ६ दशमलव ८३ अंकले ओरालो लागेको छ । यस्तै निर्जिवन बीमा कम्पनीको सेयरमा २५ दशमलव ५९ अंकले घटेको छ । दिनभर १ सय ६५ कम्पनीको ११ लाख ७७ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । दिनभर जम्मा २७ करोड ३५ लाख ८ हजार ७ सय ८५ रुपैयाँ कारोबार भएको छ ।

प्रकाशित : ३ भाद्र २०७६, मंगलवार १६:१८