सेयर वा रकम समयमै प्राप्त नभएमा के गर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

सेयर वा रकम समयमै प्राप्त नभएमा के गर्ने ?



धितोपत्रको खरिद वा बिक्री भएपछि आफूले प्राप्त गर्नुपर्ने धितोपत्रको वा रकम समय प्राप्त नभएमा लगानीकर्ताले तुरुन्त स्टक एक्सचेञ्जमा सम्पर्क राख्नु पर्दछ । यस स्थितिमा स्टक एक्सचेञ्जले सम्बन्धित दलालबाट प्रतिदिन ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क समेत असुल गरिदिन सक्दछ ।
यस्तै धितोपत्र वा रकम समयमै प्राप्त नभए बाट लगानीकर्तालाई हानी नोक्सानी भएमा धितोपत्र दलालले स्टक एक्सचेञ्जमा राखेको धरौटी रकमले भ्याएसम्म स्टक एक्सचेञ्जले लगानीकर्तालाई भुक्तानी दिनेछ धरौटीबाट हानी नोक्सानी पूर्ति हुन नसकेमा प्रचलित ऐन अनुसार सम्बन्धित दलालबाट असुल उपर गर्न सकिनेछ । स्रोत नेप्से

प्रकाशित : २ भाद्र २०७६, सोमबार ०८:३४