मुक्तिनाथ रेमिटको विप्रेषण अभियान : ०७६ सालमा ७६ उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ रेमिटको विप्रेषण अभियान : ०७६ सालमा ७६ उपहार



काठमाडाै । मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । भदौँ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने विप्रेषण (रेमिट्यान्स)केन्द्रित यस अभियान अन्तर्गत मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहकमध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुटुथ स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, सात जनालाई ३२ इन्चको स्मार्ट एचडी टिभी, पाँच जनालाई २०० लिटर क्षमताको फ्रिज, तीन जनालाई ल्यापटप र एक जनालाई स्कुटी वितरण गरिनेछ । भाग्यशाली विजेताहरुको घोषणा मुक्तिनाथ विकास बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाट २०७६ मंसीर १५ गते दिउसो ३ बजे बैैंकको फेसबुक पेजमार्फत लाइभ गरनेछ । बैंकले यस अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार ०७:१९