ग्लोबल आइएमई लघुवित्तले दिने भयो यती धेरै बोनश ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्लोबल आइएमई लघुवित्तले दिने भयो यती धेरै बोनश !



ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । संस्थाको गत साउन ३२ गते शनिबार बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

लघुवित्तले चुक्ता पुँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँ बराबरको बोनश शेयर र त्यसको कर प्रयोजनको लागि १.८४ प्रतिशतले हुन आउने २० लाख ३४ हजार सात सय ४३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले प्राप्त गर्नेछन् ।

प्रकाशित : १ भाद्र २०७६, आईतवार २०:५३