लाइफ इन्योरेन्स कर्पोरेशनले खातामा पठाउन थाल्यो नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लाइफ इन्योरेन्स कर्पोरेशनले खातामा पठाउन थाल्यो नगद लाभांश



काठमाडौं । लाइफ इन्योरेन्स कर्पोरेशन (नेपाल) ले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको साउन २४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले उक्त नगद तथा बोनस पारित गरेको थियो ।

बोनस र लाभांश अभौतिक शेयर भएका शेयरधनीको हितग्राही खातामा जम्मा भएको र भैतिक शेयर भएका शेयरधनीले शेयर अभौतिकीकरण भएपछि मात्र खातामा जम्मा हुने कम्पनीले जानकारी दिएको हो ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलवार १६:३६