एनएमबि बैंकको विशेष साधारण सभा आज, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको विशेष साधारण सभा आज, यस्ता छन एजेन्डा



एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंक मर्ज गर्ने प्रस्ताव अनुमोदन गर्न आज विशेष साधारणसभा बस्दैछ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजेबाट सुरु हुँदैछ । सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।

एनएमबिले ओमलाई १००ः७६ अनुपातमा गाभ्ने भनिए पनि विशेष साधारण सभाको सूचनामा यससम्बन्धमा केही पनि खुलाइएको छैन । यद्दपि, सम्बद्ध अधिकारीहरुका अनुसार सेयर स्वापः अनुपात १००ः७६ नै हुनेछ । मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो । सोही अनुरुप दुवै बैंकले सभा डाकेका हुन् । ओमले भने सोमबार (साउन २७ मा) विशेष साधारण सभा गरिसकेको छ ।

सभामा एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने विषय पनि छ । एनएमबिले सेयर ब्रोकरको काम पनि गर्ने भएको छ । यसका लागि प्रबन्धपत्रमा आवश्यक बुँदा थप गर्ने प्रस्ताव पनि छ ।

एनएमबि र ओमले जेठ २ गतेनै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर सम्झौता पश्चात एनएमबिको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ । जेठ २ गतेसम्म कारोबार भई साउन २० गतेसम्म सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलवार ०९:४०