स्प्रेड रेट गणनाको नयाँ बिधि असान्दर्भिकः बैंकर्स संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्प्रेड रेट गणनाको नयाँ बिधि असान्दर्भिकः बैंकर्स संघ



काठमाडाै । नेपाल बैंकर्स संघले राष्ट्र बैंकले हालै (सोमबार )जारि गरेको परिपत्रको केही बुँदाले बैंकिङ क्षेत्र र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने निष्कर्ष निकालेको छ। राष्ट्र बैकले सोमबार जारि गरेको निर्देशनले बैंकमा पार्न सक्ने प्रभावबारे छलफल गर्न बुधबार बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्र बैंकले लागू गरेको स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुंजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफामा २५ प्रतिशत अथात् ३० अर्बले संकुचन आउने बैंकरको निष्कर्ष छ।

राष्ट्र बैंकले जारि गरेको औषत ब्याजदर गणना विधि असान्दर्भिक भएको बैंकर संघको ठहर छ। यसले बैंकहरुको मुनाफा मात्रै नभई कर्जा प्रवाह क्षमतामा पनि नकारात्मक असर पार्ने बैंकर संघद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। शेयर बजारको करिब ७५ प्रतिशत हिस्सा ओगटेको बैंकको शेयर मुल्यमा गिरावट आई पूंजी बजारमा समेत नकारात्मक प्रभाव पर्न सक्ने बैंकर्स संघको दाबी छ।

प्रकाशित : २२ श्रावण २०७६, बुधबार २२:०७