एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर लिलामीमा



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि कम्पनीले नबिकेको शेयर लिलामीमा राखेको छ ।

कम्पनीले संस्थापकतर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारणतर्फको ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लिलामी शेयरमा आवेदन दिनको लागि साउन २९ गतेदेखि भदौ ८ गतेसम्म अवधि तोकिएको छ ।

लिलामीमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

प्रकाशित : २२ श्रावण २०७६, बुधबार १३:०८