प्रभु बैंकका नयाँ शाखा डोल्पाको शे फोकसुण्डोमा र बन्दीपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकका नयाँ शाखा डोल्पाको शे फोकसुण्डोमा र बन्दीपुरमा



काठमाडौं / प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्याल संचालनमा ल्याएको छ ।

बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पाको शे फोकसुण्डो गाउँपालिका ७ स्थित साल्दाङ्गमा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ ।

त्यसैगरी, बैंकले तनहुँको बन्दीपुर गाउँपालिका १ स्थित डुम्रेमा शाखा संचालनमा ल्याएको हो ।

श्रावण २० गतेका दिन एकैसाथ २ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यीसँगै बैंकको शाखा संख्या १९३ पुगेको छ ।

प्रकाशित : २१ श्रावण २०७६, मंगलवार ०८:१९