अब ६५ वर्ष नाघेको व्यक्ति सीइओ हुन नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब ६५ वर्ष नाघेको व्यक्ति सीइओ हुन नपाउने



काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को उमेर हद निर्धारण गरेको छ । नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष नाघेको व्यक्ति सीइओ हुन पाउनेछैनन् । यसअघि नै नियुक्त भइसकेकाले भने ६९ वर्ष सम्म काम गर्न पाउनेछन् ।

यसैगरी, सञ्चालक समितिमा बसेर काम गर्न पनि उमेर हद लागू गरिएको छ । ७० वर्ष नाघेपछि सञ्चालक समितिमा बस्ने पाइनेछैन । तर यसअघि सञ्चालक भइसकेको भए ७४ वर्षसम्म काम गर्न पाइनेछ।

प्रकाशित : २१ श्रावण २०७६, मंगलवार ०७:४७