सनराइज बैंक र महिला चेम्बर अफ कमर्श बीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक र महिला चेम्बर अफ कमर्श बीच सहकार्य



काठमाडाै । सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र संघकी अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फबाट “Advisory Services on Banking, Accounting and Taxation” सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने छ ।

यस सम्झौताबाट संघमा आवद्ध महिला आयात/निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहँुच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार ०८:२८