अब सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अब सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने



काठमाडाै । सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठकले बचतमा न्युनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो ।

यद्यपि समितिको शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइएको छ । हाल सहकारी संस्थाल बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार ०७:४८