यस वर्ष प्रभु इन्सुरेन्सका लगानीकर्ताको हात रित्तो हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस वर्ष प्रभु इन्सुरेन्सका लगानीकर्ताको हात रित्तो हुने



प्रभु इन्सुरेन्सले लाभांश सम्बन्धी भने कुनै पनि एजेन्डा बिना नै साउनको शुक्रबार अर्थात १७ गते वार्षिक साधारण सभा बोलाएको छ । यसर्थ, यस वर्ष प्रभुका लगानीकर्ताको हात रित्तो हुने भएको छ ।

वार्षिक साधारण सभा गर्न प्रभुले साउन ३ देखि १७ गतेसम्म बुक क्लोज गरेको छ । साउन २ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४।७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ सभामा आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश हुनेछ ।

प्रकाशित : १६ श्रावण २०७६, बिहीबार ०९:०६