सहकारी चलाउन नसके मर्जर गरे हुन्छः बडाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी चलाउन नसके मर्जर गरे हुन्छः बडाल



काठमाडाै । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रशाद बडालले कानुन अनुसार चल्न नसके सहकारी मर्जरमा जानुपर्ने बताएका छन ।

सहकारी मुल्य मान्यता अनुसार चल्न सक्ने सहकारीलाई समस्या नभएकाे भन्दै बडालले चल्न समस्यामा भएका सहकारीमा फोर्स मर्जर अावश्यक रहेको बताए ।

नेपाल सहकारी पत्रकार समाजले अायोजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बडालले अध्यक्ष बडालले छिमेकी देशमा लघुवित्तका कारण धेरैले आत्महत्या गर्नुपरेको भन्दै नेपालमा त्यस्तो अवस्था आउन नदिन ब्याजदर घटाउन पहल गर्नुपर्ने बताए ।

एउटै संस्था वा व्यक्तिलाई पटकपटक ऋण दिदाँ डुब्ने खतरा हुने भन्दै सहकारीले त्यसतर्फ सजग हुनुपर्ने बताए ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलवार १९:५२