कुमारी बैंकमा एकजनाको खाता खोल्दा परिवार कै बिमा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकमा एकजनाको खाता खोल्दा परिवार कै बिमा हुने



काठमाडाै । कुमारीले “कुमारी परिवार सुरक्षा बचत खाता”को सुरुवात गरेको छ। यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने बैंकले जनाएको छ ।

१० हजार मौज्दात हुनुपर्ने यस खातामा वार्षिक ६.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । साथै खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको र दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध रहेको छ ।

यस खातामा निशुल्क इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क प्राप्त हुने बैंकले स्पष्ट पारेको छ ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार १२:५४