‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई



काठमाडाै । यूरो मनिले ‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई प्रदान गरेको छ । नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंकको रुपमा रहेको नविलले बेस्ट डिजिटल बैंक अवार्डसमेत प्राप्त गरेको बैंकका सीईओ अनिलकेशरी शाहले जानकारी दिए । अबार्ड बितरण समारोहमा भने नेपालका बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको थिएन ।

मेगा बैंकले पनि दुई विधामा अवार्ड जितेको छ । मेगाले ‘बेस्ट बैंक अफ माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल टू मिडियम इन्टरप्राइजेज’ अवार्ड जित्न सफल भएको हो ।

यसैगरी स्टाण्डर्ड चार्टड बैंकले ‘बेस्ट इन्टरनेसनल बैंक’ अवार्ड जित्न सफल भएको छ । ‘बेस्ट कर्पोरेट एण्ड इन्भेस्टमेन्ट बैंक अवार्ड’ नेपाल इन्भेस्टमेन्ट बैंकले जितेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ‘बेस्ट सीएसआर बैंक अवार्ड’ जित्न सफल भएको छ । यो बैंकलाई सामाजिक उत्तरदायित्व राम्रोसँग निभाएको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

प्रकाशित : १२ श्रावण २०७६, आईतवार १५:४३