वोमी माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

वोमी माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद बिक्रि खुला

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

वोमी माइक्रोफाइनान्सले आज साउन ९ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:१ को अनुपातमा १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि असार २७ गते बुक क्लोज गरेकोले असार २६ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले भदौ ११ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले नागरिक लघुवित्तलाई गाभ्न्को लागि सम्झौता गरिसकेको छ । नागरिक लघुवित्तको चुक्ता पुँजी १ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ९ श्रावण २०७६, बिहिबार ११:२७ 25 July, 2019 11:27 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।