एनआइसी एसिया ब्यालेन्स फन्डको आईपीओ साउन ८ देखि आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइसी एसिया ब्यालेन्स फन्डको आईपीओ साउन ८ देखि आउने



काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुन लागेको एनआईसी एशिया ब्यालेन्स फन्डले आईपीओ जारी गर्न लागेको छ ।

कम्पनीले सर्वसाधारणहरुको लागि प्रतिइकाई १० रुपैयाँमा १० करोड ६२ लाख ५० हजार कित्ता आईपीओ साउन ८ गतेदेखि बिक्री खुला गर्न लागेको छ । निष्काशन बन्द मिति छिटोमा साउन १२ गते र ढिलोमा भदौ ५ गतेसम्म रहेको छ । योजना १० वर्षे बन्दमुखी हो ।


आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड ७५ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।


योजनाको अधिकृत पँुजी तथा जारी पूँजी २० करोड रहेको छ । कम्पनीले १ अर्ब २५ करोडको इकाई बिक्री गर्न लागेको छ । इकाई बिक्रीपछि योजनाको चुक्ता पँुजी १ अर्ब ४५ करोड पुग्नेछ ।

प्रकाशित : ३१ असार २०७६, मंगलवार १६:०३