काठमाडाै । आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गरेको हो ।
आईपिओमा ३ लाख ९ सय ९२ आवेदकबाट ५२ लाख ५० हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ सय ७९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेको ३ लाख ४ सय १३ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ३७ हजार ५ सय जनाले समान १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ६३ हजार ४ सय २२ आवेदक हातखाली भएका छन् ।






Comment