राष्ट्रिय वाणिज्य बैंकको शाखा बर्दियाको बांसगढीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको शाखा बर्दियाको बांसगढीमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले बर्दियाको बांसगढीमा शाखा विस्तार गरेको छ । बैंकले बांसगढीमा विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या २ सय २१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन ।

बैंकले २ सय २१ शाखा, १ सय ७५ एटिएम र ९३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल सम्म १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रकाशित : २९ असार २०७६, आईतवार ०८:१८