प्रभु लाइफ इन्सुरेन्ससाधारण सभाले के के एजेन्डा पारित गर्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु लाइफ इन्सुरेन्ससाधारण सभाले के के एजेन्डा पारित गर्याे ?



काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको साधारण सभा सम्पन्न भएको छ । सभा बिहीबार (असार २६ गते) होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा भएको थियो । साधारण सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डामा छलफल गरी पारित गरिएको छ । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि अनुमोदन भएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित भएको छ । हाल यस इन्सुरेन्सको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन अब कम्तिमा पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । गत वर्ष जेठमा बसेको साधारण सभाले यो आइपीओ ल्याउने प्रस्ताव पारित समेत गरिसकेको छ ।
प्रभु लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्न अझै धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यस कम्पनीले ३ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : 11 July, 2019 3:31 pm