काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले २०६९/०७० सम्ममा घोषण गरेको नगद लाभांश लिन आग्रह गरेको हो । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले ३० दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलबाट चेक लिन आग्रह गरेको छ । साधारण सभाले निर्णय गरेको ५ वर्षपछि पनि शेयरधनीले लाभांश नलिएको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।
२३ असार २०७६, सोमबार १३:३२
Comment