नेप्से ४ दशमलव ४५ अंकले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्से ४ दशमलव ४५ अंकले घट्याे



काठमाडाै । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ४५ अंकले घटेर १ हजार २ सय ५६ दशमलव ०४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ११ अंकले घटेर २ सय ७० दशलमव ३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर खरिदबिक्री भई ५४ करोड ५ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार सिभिल बैंकको भएको छ । जसको कारोबार ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ८६ प्रतिशतले बढेको छ । त्यस्तै गरी दिव्यश्वेरी हाइड्रोपावर लिमिटेडको ९ दशमलव २३ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वा्िधक गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ११ दशमलव ३० प्रतिशतले घटेको छ ।

यस दिन १२ वटै उपपरिसुचकहरुमा ६ वटा समूह बढेको छ भने ६ वटा समूह घटेका छन् ।

प्रकाशित : २२ असार २०७६, आईतवार १५:४३