५ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति माग्दै इमर्जिङ नेपाल पुग्यो धिताेपत्र बाेर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

५ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति माग्दै इमर्जिङ नेपाल पुग्यो धिताेपत्र बाेर्ड



काठमाडौं । नयाँ बानेश्वर, काठमाडौं कृष्ण टावरमा कार्पेरेट कार्यालय रहेको इमर्जिङ नेपाल लिमिटेडले ५ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ५ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति मागेको हो ।

इमर्जिङ नेपालको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यस कम्पनीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो ।

प्रकाशित : २० असार २०७६, शुक्रबार १५:३३