अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम



काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको केन्द्रीय कार्यालय सुन्धारा स्थित सिटिसि महलमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कम्पनीका प्रबन्धक दिपक पोखरोलले रक्तदान कार्यक्रममा सहभागी भएर उक्त कार्यक्रम सुरु गरिएको थियो । अजोडका सिईओले खत्रीले रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्पनीले सरकारी विधालयमा स्टेशनरी सामानहरु वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित : २० असार २०७६, शुक्रबार १४:४४