घोडिघोडा लघुवित्तको आइपीओ खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

घोडिघोडा लघुवित्तको आइपीओ खुल्यो



काठमाडाै । घोडिघोडा लघुवित्त वित्तीय संस्थाको शुक्रबार (आज) देखि आइपीओ खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गर्न लागेको हो । यसमध्ये ०.५ प्रतिशत (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (९ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

घोडिघोडाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।

घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ । यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।

प्रकाशित : २० असार २०७६, शुक्रबार ०८:१५