पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटोमा,लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटोमा,लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धक



काठमाडौं । सिटी एक्सप्रेस फाइनान्सको १०० प्रतिशत हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । लक्ष्मी क्यापिटल र सिटी एक्सप्रेसबीच साे सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे ।

सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।
सिटी एक्सप्रेसले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर खुला गर्ने भएको हो । पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटोमा लागेको हो ।

प्रकाशित : १९ असार २०७६, बिहीबार १२:३८