पैसा छ ? हिमाल दोलखाकाे आईपिओ अाउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पैसा छ ? हिमाल दोलखाकाे आईपिओ अाउदै छ



काठमाडाै । हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि असार २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा असार २९ गतेसम्म तर त्यो समयसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सकिने छ । आईपिओ निष्काशनको लागि ग्लोबल आईअमेई लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : १८ असार २०७६, बुधबार १३:३८