जनता बैंकले एकै साथ खोल्यो ६ वटा नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकले एकै साथ खोल्यो ६ वटा नयाँ शाखा



काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आजबाट एकैसाथ ६ शाखाहरु थप सञ्चालनमा ल्याएको छ । मुलुकको ग्रामिणतह सम्म बै‌किङ्ग पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले थप छ शाखा विस्तारल गरिएको बिज्ञप्तिमा जनाइएको छ ।

काठमाडौं उपत्यका ३ र उपत्यका बाहिरका अन्य बजारमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरे कारोबार सुभारम्भ गरेको छ । नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं साथै उपत्यका बाहिरमा फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरिएको हो ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राख्नुभएको थियो । यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिव न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेका हुन् ।

नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराइने छ ।

निःशुल्क स्वास्थ्य शिविर पनि संचालन

तनहुँको डुमेमा शाखा उद्घाटन सँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्रीतथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सिविर सञ्चालन गरीएको स्वास्थ्य शविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

याे सँगै जनता बैंककोशाखा संजालपूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्मका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यस सगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।

प्रकाशित : १६ असार २०७६, सोमबार २०:४२