स्वरोजगार लघुवित्तकाे साधारण सभा साउन ११मा, यस्ता छन् एेजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्वरोजगार लघुवित्तकाे साधारण सभा साउन ११मा, यस्ता छन् एेजेन्डा



काठमाडाै । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन ११ गते विशेष साधारण सभा गर्ने भएको छ ।
संस्थाले मर्जर तथा एक्विजिसनका लागि अन्य कुनै संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्न साउन ११ गते विशेष साधारण सभा बोलाएको हो ।

अन्य कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा शत प्रतिशत हकप्रद जारी गर्ने एजेन्डा पनि रहेको छ । साथै, संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

विशेष साधारण सभा प्रयोजनाका लागि असार २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने लघुवित्तले जनाएको छ ।

प्रकाशित : १६ असार २०७६, सोमबार १६:१८