नेप्से० २ दशमलव ८६ अंकले ओरालो लाग्यो कारोबार पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेप्से० २ दशमलव ८६ अंकले ओरालो लाग्यो कारोबार पनि घट्यो



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ८६ अंकले घटेर १ हजार २ सय ४२ दशमलव ०३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ७२ अंकले घटेर २ सय ६८ दशलमव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको हाे ।

यसदिन १ सय ६८ कम्पनीको १२ लाख २१ हजार ४ सय कित्ता शेयर खरिदबिक्री भई ३७ करोड ४७ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार २७ करोड ३ लाख रुपैयाँ बराबरले घटेको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ६२ लाख रुपैयाँ बराबरको भएको हाे । बजार मूल्य भने ३३३ रुपैयाँ रहेको छ ।

अाज सर्वाधिक कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ४ दशमलव ८७ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ४ दशमलव ८१ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ४ दशमलव ७२ प्रतिशतले बढेको छ ।

यसै गरि सर्वाधिक गुमाउनेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ९८ प्रतिशतले घटेको छ ।

प्रकाशित : १६ असार २०७६, सोमबार १६:११