वित्तीय साक्षरता बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

वित्तीय साक्षरता बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा पहिलो पटक वित्तीय साक्षरता बारे अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसै असार १७ र १८ गते उक्त सम्मेलन आयोजना गर्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले जानकारी दिए।

बोर्डका अनुसार सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भुटान, चीन, भारतलगायतका देशहरुका करिब करीब १०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख बक्ताको रुपमा अर्थमन्त्री डा. युवराज खतिवडालाई निमन्त्रणा गरेको धितोपत्र बोर्डले जनाएको छ।

प्रकाशित : १६ असार २०७६, सोमबार ०९:०४ 1 July, 2019 9:04 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।