एभरेष्ट इन्स्योरेन्सकाे हकप्रदमा आवेदन दिने अन्तिम कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

एभरेष्ट इन्स्योरेन्सकाे हकप्रदमा आवेदन दिने अन्तिम कहिले ?



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा तीन सय प्रतिशत हकप्रदमा आवेदन दिने अवधि सोमबार (असार १६) अन्तिम दिन रहेको छ । कम्पनीले १ शेयर बराबर ३ (१ः३) को अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि वैशाख ९ गते बुक क्लोज गरेको थियो । यो शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । २७ करोड ३९ लाख ८२ हजार चुक्तापुँजी रहेको कम्पनीको हकप्रद पश्चात १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : १५ असार २०७६, आईतवार १४:१५