नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई गाभ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई गाभ्यो



काठमाडाै । नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभाले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने प्रस्ताब पारित गरेको छ। बैंकले फाइनान्सलाई १०० बराबर ३३ को सेयर स्वाप अनुपातमा गाभेको हो ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५९ करोड र जेबिल्स फाईनान्सको ८४ करोड रुपैयाँ छ। अब जेबिल्स मिसिएपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

अब बैंकको कुल निक्षेप १ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ भने कूल कर्जा १ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ।

प्रकाशित : ८ असार २०७६, आईतवार १५:२०