असार १५ गते सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

असार १५ गते सार्वजनिक विदा



काठमाडौं । कर्णाली नदीमा जीप डुबेर बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

लु१ज ७१६६ नम्बरको जिप र बेपत्ता भएका यात्रुकाे कुनै पत्ता नलागेपछि गाउँपालिकाको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : ६ असार २०७६, शुक्रबार ०८:१७