हिमालय उर्जा विकास कम्पनी आइपीओ भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालय उर्जा विकास कम्पनी आइपीओ भर्ने आज अन्तिम दिन



काठमाडाै । हिमालय उर्जा विकास कम्पनीले बिक्रीमा ल्याएको १४ लाख ८५ हजार कित्ता साधारण शेयर (आइपीओ)मा सर्बसाधारणले आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

कम्पनीको आइपीओमा मागभन्दा करिब ३ गुणा बढि आवेदन परीसकेकोले सोमबारदेखि आइपीओ बिक्री बन्द गर्न लागेको हो । हिमालयको आइपीओमा आइतबार बेलुकासम्म ५१ हजार ३१६ आवेदकबाट ३७ लाख ३५ हजार २९० कित्ता शेयर खरीदको लागि आवेदन परीसकोको छ ।

कम्पनीले बुधबारदेखि बिक्रीमा ल्याएको कुल १४ लाख ८५ हजार कित्तामध्य कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता छुट्याएको छ भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता बाँडफाँट गरीसकेको छ । लगानीकर्ताले कम्पनीको आइपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम साढे ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउनेछन ।

कम्पनीको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर र आश्वा मार्फत छिटोमा चैत २५ गतेसम्म आवेदन दिन पाउनेछन ।

बजारमा आएका जलविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीता देखिएको कम्पनीको दाबी छ ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय उर्जाले खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

आयोजनाको अनुमानित प्रतिमेगावट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । दुबै आयोजनाको अनुमानित कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले आयोजना प्रभावित रामेछाप र दोलखाका बासीन्दालाई यस अघि नै कार्तिक ६ देखि मंसिर ५ गतेसम्म ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरि पुस ६ गते बाँडफाँड गरिसकेको छ।

आयोजनाबाट साधारण लगानी फिर्ता हुन ६।२१ वर्ष र डिस्काउन्टेडमा लगानी फिर्ता हुन ९।४३ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

चालु आवको अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ७६ पैसा, ०७६-७७ मा ११३ रुपैयाँ ४३ पैसा र ०७७-७८ मा १३१ रुपैयाँ ६६ पैसा पुग्ने अनुमान गरीएको छ ।

प्रकाशित : २५ चैत्र २०७५, सोमबार ०८:३७