ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत २८ गते



काठमाडौं / ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते साधारण सभा बोलाएको छ । बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डासहित साधारण सभा डाकेको हो । ग्रीनले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

यस्तै, सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ । साधारण सभा गर्न बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ ।

चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । हाल ग्रीनको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ८६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : १९ चैत्र २०७५, मंगलवार १५:४५