पर्यटनमन्त्रीमा कृपासुर शेर्पा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पर्यटनमन्त्रीमा कृपासुर शेर्पा



काठमाडौ ।प्रधानमन्त्री सुशील कोइरालाले  एमाले सभासद् कृपासुर शेर्पालाई  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा नियुक्त गर्नु भएको  छ । नेकपा (एमाले) ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा नियुक्त गर्न सभासद्  शेर्पालाई सिफारिस गरेको थियो ।

यसअघि सो मन्त्रालयको जिम्मेवारी लिनुभएका दीपकचन्द्र अमात्यले हिजो पार्टीमार्फत राजीनामा दिनुभएको थियो ।

भोजपुर क्षेत्र २ बाट निर्वाचित सभासद् शेर्पा सक्रिय राजनीतिमा आउनुअघि पर्यटन मन्त्रालयमै कार्यरत हुनुहुन्थ्यो ।

प्रकाशित : ८ जेष्ठ २०७२, शुक्रबार १२:३६