काठमाडौं। अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहाल मेगा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष समेत थिए ।
स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए ।
आईएसएसआर (इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च)का संस्थापक निर्देशक पनि थिए । उनी नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि हुन् । उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए।स्वर्गीय दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।
Comment