आफ्नै बलबुतामा अर्बपति बनेकी काइली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

आफ्नै बलबुतामा अर्बपति बनेकी काइली



काठमाडौं । काइली जेनर आफ्नै बलबुतामा अर्बपति बन्ने कान्छी महिला भएकी छिन्। फोर्ब्सको बिलेनियर लिस्टमा २१ वर्षकी काइली जेनरसेल्फ मेड बिलेनियरु बनेकी हुन्।

कादर्शियन दिदीबहिनीमध्ये सबैभन्दा कान्छी काइलीले आफ्नो कस्मेटिक्स बिजनेसबाट पैसा कमाएकी हुन्। काइलीको आफ्नै काइली कस्मेटिक्स छ। तीन वर्षअघि उनले आफ्नो ब्युटी बिजनेस सुरु गरेकी हुन् जसले गत वर्ष ३६९ मिलियन डलरका सामाग्री बिक्री गरेको थियो।

उनले फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा पनि कम उमेरमा अर्बपतिको सूचीमा उक्लेर रेकर्ड बनाएकी हुन्। मार्क जुकरबर्ग २३ वर्षमा अर्वपतिको सूचीमा समावेश भएका थिए।

मैले केही पनि अपेक्षा गरेकी थिइन। मैले भविष्यबारे कुनै प्रक्षेपण पनि गरेकी थिइन्। तर यो सबैले एकदमै राम्रो महसुस भैरहेको छ। यो मेरो काँधमा मारिएको आनन्ददायी धाप हो। जेनरले भनेकी छिन्।

प्रकाशित : २३ फाल्गुन २०७५, बिहीबार ०८:२१