काठमाडौं । नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ ।
मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो । मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ ।
यही साता मलेसिया सरकारले सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिएको छ । भिसाको समय सकिएपछि यी युवा अब मलेसिया जान पाउने छैनन् । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।
Comment