सुविधा माेहमा पूर्वप्रधानन्यायाधीशः नम्बर प्लेट बदल्दै, सरकारी गाडी चढ्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सुविधा माेहमा पूर्वप्रधानन्यायाधीशः नम्बर प्लेट बदल्दै, सरकारी गाडी चढ्दै



काठमाडौं । सर्वाेच्च अदालतले कानुन निर्माण गरेर मात्रै सेवा सुविधा लिन आदेश दिए पनि १४ जना पूर्वप्रधानन्यायाधीशहरुले फैसला कुल्चँदै सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन् । उनीहरुले सरकारी गाडीको नम्बर प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरी प्रयोग गरेको पाइएको छ ।

यसरी सर्वाेच्चको आदेश पालना नगर्ने पूर्वप्रधानन्यायाधीशहरुमा सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, सुशिला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्र रहेका छन् ।

सर्वाेच्च अदालतले २२ मंसिर २०६८ मा कानुन बनाएर मात्रै पूर्वविशिष्टहरुलाई सेवा सुविधा दिनका लागि आदेश जारी गरेपनि बिदा हुने बेलामा पूर्वप्रधानन्यायाधीशहरुले आफूखुसी सवारीसाधन, सवारी चालक र अर्दली लिएर जाने गरेका छन् । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १६ माघ २०७५, बुधबार ०८:२७