यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज



काठमाडौं । युएईलाई हराउँदै एक दिवसीय क्रिकेटमा नेपालले ऐतिहासिक सफलता पाएको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज जितेको हो । यसअघि, नेदरल्याण्डस्सँग एक–एकको बराबरी खेलेको थियो ।

गत चैतमा एक दिवसीय मान्यता पाएपछि युएईसँग भएको सिरिज नेपालले दुई–एकले जितेको हो । तेस्रो एक दिवसीयमा कप्तान पारस खड्काको शतकीय पारीसँगै, नेपाल चार विकेटले विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले युएईबाट २५५ रनको लक्ष्य पाएको थियो । लक्ष्य पछ्याउने क्रममा कप्तानसँगै, उपकप्तान ज्ञानेन्द्र मल्लले ३१, सोमपाल कामीले २६, आरिफ शेखले २१ रन बनाए ।

डेब्यू खेलमा सन्दीप जोराले १९ रन, विनोद भण्डारीले ९ र दीपेन्द्रसिंह ऐरीले ६ रन जोडे । यसअघि नेपालका तर्फबाट करण केसी र कप्तान खड्काले दुई–दुई विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए ।

यही खेलबाट कप्तान पारस खड्काले नेपालका लागि एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो शतकको रेकर्ड बनाएका छन् । १०९ बल सामना गरेका खड्काले ११५ रन बनाए । एक दिवसीय क्रिकेटमा सतक बनाउने पारस पहिलो नेपाली क्रिकेटर बनेका छन् । ५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो ।

प्रकाशित : १४ माघ २०७५, सोमबार २०:२०